अझै रोकिएन बहादुर, बानियाँ टिममा सांसद तानातान, को-कता जाने भन्ने दुबैलाई डर
बागमती प्रदेशको मुख्यमन्त्री फेरबदलमा बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँविचको रस्साकस्सी अझै टुंगोमा पुग्न सकेको छैन । राती अबेरसम्म पनि केन्द्रीय नेता संग हारगुहार गरेका लामा केहि सिप नचलेपछी सांसद फकाउन भने छोडेका छैनन् । यता बानियाँले हस्ताक्षर गरेका र बाहिरका समेत केहि सांसदलाई आफ्नो पकडमा पारी सबैलाई एकै ठाउँमा राखेका थिए ।
यतिसम्म कि बानियाँ मुख्यमन्त्री भएपछीको नयाँ मन्त्री र मन्त्रालयसम्म गोप्य सहमती गरी लिस्ट बनाएर राखिएको थियो । सो कुराको स्रोत हेटौंडाखबरले प्राप्त गरेको थियो। सोहि अनुसार खबर प्रकाशित भएपछी बानियाँ पक्षमा रहेका केही सांसद फेरी बिच्किएका छन् । मन्त्री र मन्त्रालयमा सांसदको नाम फेरबदल भएपछी केही सांसद विच्किएका हुन् । आफुलाई दिने भनिएको मन्त्रालयबाहेकमा आफ्नो नाम आएको भन्दै केही संसदले अशन्तुष्टी ब्यक्त गरेका छन् ।
विशेष स्रोतका अनुसार बानियाँको एकै क्याम्पमा रहेका केहि सांसदसमेत रिसाएका छन् ।
यता बहादुर अझैपनि आफ्नो सत्ता टिकाउन अनेक चाल रचिरहेका छन् भने उनि पक्षका केहि केन्द्रीय नेताहरु बानियाँ क्याम्पमै खेलिरहेका छन् । बहादुर पक्षका २ सांसद बानियाँको टिमले तानेपछी थप कमजोर बनेको लामा टिमले बानियाँ टिमको ३ देखि ४ जनालाई आफ्नो टिममा ल्याउन सबै अस्त्र प्रयोग गरिरहेका छन् ।
अविस्वासको प्रस्ताव २१ जना सांसदको हस्ताक्षरसहित पेश भएको थियो । बहुमत पुग्नको लागि १९ जना सांसद आवस्यक पर्छ । अहिले हस्ताक्षर सनाखत गर्नुपर्ने कार्यतालिका छ तर अन्तिम समय भैसक्दा पनि २ देखि ३ सांसदले कसले के गर्ने हो भन्नेमा दुइपक्ष नै रनभुल्लमा परिरहेका छन् । हुन त बानियाँ टिमका १६ जना सांसद एकैठाउँमा छन् छुट्टिएका छैनन् तर पनि ३ जनाको शतप्रतिशत विस्वासमा दुवैपक्ष छैन । यसले गर्दा अझैपनि कसको पल्ला भारी हुने भन्नेमा अझै यकिन गर्न सकिने अवस्था छैन् । विशेष स्रोतका अनुसार बानियाँ टिममा २४ जना सांसद पुगिसकेका छन् ।
यता बहादुरले भने संसदीय दलमा समस्या भएपनि आफुले मुख्यमन्त्रीबाट राजिनामा नदिने भन्दै अडानका साथ् बसेका छन् ।
प्रकाशित मिति : सोमवार, २०८२ साउन १२, १४ :४४ बजे


















प्रतिक्रिया