Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मुख्यमन्त्री युद्धमा बहादुरको हार, बानियाँको जित, को-को बन्दै छन् मन्त्री ?


बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ने भन्ने रस्साकस्सी विच अन्ततः इन्द्र बहादुर बानियाँको पल्ला भारी भएको छ ।

ADVERTISEMENT

मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्ताव दर्ता भएपछी मुख्यमन्त्रीको विषयमा विवाद चरम उत्कर्षमा पुगेको थियो । ‘बहादुर’ र ‘बानियाँ’ विच कसको पल्ला भारी हुने भन्नेमा काठमान्डौमा शिर्ष नेताहरु विच आआफ्नै ढंगले जोडबल गरिरहेका थिए।

ADVERTISEMENT

अन्ततः यो युद्धमा हालका मुख्यमन्त्री लामा हार्ने भएका छन् भने अविश्वासको प्रस्तावको नेतृत्व गरेका बानियाँको जित भएको लगभग निश्चित देखिएको छ । बहादुरले आफ्नो सत्ता टिकाउन साम दाम दण्ड भेद सबै प्रयोग गरेका थिए । बानियाँ पनि हस्ताक्षर गरेका सांसदलाई फकाएर राख्न लागि परेका थिए । अन्तिम अवस्थासम्म पनि बहादुरले गरेको कसरत फेल भएको छ भने सांसदहरुलाई आफ्नो पकडमा राखेर मुख्यमन्त्रीको सपना बोकेका बानियाँको सपना पुरा हुने भएको छ ।

राती अबेर बानियाँ समुहको छलफलबाट बागमती प्रदेश सरकारको नेतृत्व नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापती समेत रहेका इन्द्र बहादुर बानियाँले गर्ने निश्चित जस्तै भएको छ । बानियाँ समुहले पेश गरेको अविस्वास प्रस्ताव पछि तनावमा देखिएका लामाले आफ्नै नेतृत्वको सरकार टिकाउन गरेको प्रयास असफल सावित भएको छ ।

ADVERTISEMENT

राती अबेर भएको बानियाँ समुहको बैठकले बागमती प्रदेश सरकारको हुनेवाला मन्त्रीहरुको मन्त्रालय र नामसमेत तय गरेको बानियाँ निकट स्रोतले बताएको छ । बानियाँ मुख्यमन्त्री हुँदा बानियाँ समूहबाट रमेश महतलाई आर्थिक मामिला मन्त्री, शिबराज अधिकारिलाई आन्तरिक मामिला तथा कानुन, बिन्दु रायमाझी पौडेललाई सामाजिक विकास मन्त्री, यान्किला सेर्पालाई सस्कृती तथा पर्यटन, सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद, कृष्ण तामाङलाई सहकारी र मीन कृष्ण महर्जनलाई खानेपानी तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिने सहमती भएको गोप्य स्रोतको दावी छ । यद्दपी मन्त्रालय र मन्त्री हेरफेर हुन पनि सक्ने अवस्था आउन सक्ने पनि बताइएको छ ।

लामा नेतृत्वको सरकारमा मन्त्री भएका बिमल ठकुरी र मधु कुमार श्रेष्ठ भने बानियाँ समुहलाई सहयोग गरेपनि मन्त्रालय पाउन नसकेको स्रोतले बताएको छ । यता नेपाली काङ्ग्रेसका केन्द्रिय प्रवक्ता प्रकाशशरण महत समुहमा रहेका सांसदलाई बानियाँ समुहमा प्रयोग मात्र भएको र हाल कुनै जिम्मेवारीमा नपरेको कांग्रेस स्रोतको दावी छ ।

महत समुहले उर्मिला नेपाल केसिलाई प्रयोग गरेर उता रमेश महतलाई मालदार मन्त्रालय दिने तयारी गरिएको विस्वस्त स्रोतले बताएको छ । बानियाँ समुहमा अग्रपंक्तिमा देखिएकी उर्मिला केसि अहिले आफ्नो नाम मन्त्रीको लिस्टमा पर्न नसके पछि हेरेको हेरैकै भएकी छिन ।

यता आज नै संसदीय प्रक्रियामार्फत् उठेको समाधान गर्ने गरी प्रक्रिया अघि बढाइने कार्यकालिका छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सदस्य एवम् पर्यवेक्षक राजन केसी हेटौंडा आइसकेका छन् । प्रक्रिया अनुसार पहिलो चरणमा अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा मत जाहेर गरिनेछ । प्रस्ताव पारित भएपछि मात्र दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।


प्रकाशित मिति : सोमवार, २०८२ साउन १२, ०९ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट