Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मुख्यमन्त्रीको अविश्वासको प्रस्ताव प्रक्रियामा महामन्त्रीको आपत्ति


बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविस्वासको प्रस्ताव पेश भएको सम्बन्धमा आफुलाई कुनै जानकारी नगराई बैठकसमेत नबसी प्रक्रिया अघि बढाइएको भन्दै कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले आपत्ति जनाएका छन् ।

ADVERTISEMENT

विधान विपरीत पत्राचार गरी अविश्वासको प्रस्तावमाथि प्रक्रिया अघि बढाइएको भन्दै उनले कांग्रेस केन्द्रीय सभापतिलाई पत्र पठाएका छन् । अविश्वासको सूचना दलका सदस्य सचिवले प्रदेश समितिमा पेश गरेकोमा प्रदेश समितिको बैठक बसेर केन्द्रीय समितिमा जानकारी पठाउनु पर्नेमा त्यसो नगरी कुनै निर्णयसमेत नगरी आफुलाई सामान्य जानकारी पनि नदिई अर्को महामन्त्रीले व्यक्तिगत सूचना पठाएको भन्दै उनले आपत्ति जनाएका छन् ।

ADVERTISEMENT

उनले आफुलाई जानकारी नगराई पठाइएको पत्र बदर गर्न माग समेत गरेका छन्  ।

यता नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सदस्य एवम् पर्यवेक्षकको रुपमा राजन केसी हेटौंडा आइसकेका छन् । आइतबार साझ हेटौंडा आइपुगेका केसीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठकबाट हालको विवाद सुल्झाइने बताएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८२ साउन ११, २३ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट