Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

बागमतीको मुख्यमन्त्री रस्साकस्सी- रातारात पुगे मुख्यमन्त्री देउवा निवासमा


बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको रस्साकस्सी विच अन्तिम निष्कर्ष के आउने हो भन्ने अझै टुंगो लागेको छैन ।

ADVERTISEMENT

प्रदेशको मुख्यमन्त्रीबाट लामालाई किक आउट हान्ने गरी अविश्वासको प्रस्ताव अघि सारेका इन्द्र बहादुर बानियाँ आफ्नो ढंगले केन्द्रमा कसरत गरिरहेका छन् भने लामा पनि आफ्नो तागतले भ्याएसम्म सत्ता टिकाउने खेलमा लागिरहेका छन् ।

ADVERTISEMENT

उता नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सदस्य एवम् पर्यवेक्षकको रुपमा राजन केसी हेटौंडा आइसकेका छन् । आइतबार साझ हेटौंडा आइपुगेका केसीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठकबाट हालको विवाद सुल्झाइने बताएका छन् ।

तर उता मुख्यमन्त्री लामा भने आफ्नो अन्तिम प्रयास जारी राखेका छन् संसदीय दलको विवाद मिलाउन केन्द्रीय प्रतिनिधि हेटौंडा आइसके पछी लामा भने रातारात कांग्रेस सभापति शेर बहादुर देउवा भेट्न उनको निवास पुगेका छन् । विशेष स्रोतका अनुसार अन्तिम प्रयासका लागि लामा यतिबेला कांग्रेस कै एक उच्च केन्द्रीय नेतृत्वको साथमा देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्य भूमिका निभाएका बानियाँ भने उद्योग पति विनोद चौधरीसंग छलफलमा व्यस्त रहेको स्रोतले बताएको छ ।

ADVERTISEMENT

अहिले मुख्यमन्त्रीको अन्तिम छिनोफानो गर्न बहादुर देउवा सामु पुगेका छन् । अब देउवाले लामालाई ग्रिन सिग्नल दिन्छन् या अन्य विकल्पमा जान सुझाउछन् केही समयपछि थाहा हुनेछ ।

यदी देउवा संगको छलफलमा लामालाई राहत नमिलेको अवस्थामा भोली नै संसदीय प्रक्रियामार्फत् समस्या समाधान गर्ने गरी प्रक्रिया अघि बढाइनेछ ।

प्रक्रिया अनुसार पहिलो चरणमा अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा मत जाहेर गरिनेछ । प्रस्ताव पारित भएपछि मात्र दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाइनेछ । बानियाँको पक्षमा हस्ताक्षर गरेकी सांसद माया श्रेष्ठ लामा पक्षको समर्थनमा खुलेकी छन् भने अन्य दुई बानियाँ पक्षका सांसद लामाकै साथमा रहेको लामा निकट एक सांसदले बताएका छन् । यता देउवासंग रातारात लामाले भेट गर्नु र बानियाँ पक्षका सांसद लामा तिरै लाग्नुले बागमती सरकारको नेतृत्व कसले गर्ला भन्ने विषय थप पेचिलो बनेको छ ।


प्रकाशित मिति : आइतवार, २०८२ साउन ११, २२ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट