Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

बागमती सरकारमा आउँदै छ नयाँ ट्विस्ट, हस्ताक्षर गरेकालाई मन्त्री, सत्ता टिकाउन कुन्दनले अर्थ छाड्ने


बागमती सरकार फेर बदलमा नयाँ ट्विस्ट आउनेवाला छ। मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध हिजो संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि अचानक बागमती प्रदेश सरकार फेर बदलको चर्चा चुलिएको थियो । यसै बीच बहादुरलाई अविश्वासको प्रस्ताव पेश गरी पारित गराएर प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ  मुख्यमन्त्री बन्ने कसरतमा जुटिसकेका छन्।

ADVERTISEMENT

तर प्रदेशको बजेट विवाद पछि लगातार रातारात नयाँ नयाँ ट्विस्ट आउँदै बहादुर र बानियाँ बीच को बन्ने मुख्यमन्त्री भन्ने विषयमा आआफ्नो पल्लाभारी बनाउन दुबै कम्मर कसेर लागेका छन्। हुन त बहादुर सिंह लामालाई केही दिन अगाडि नै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री पद छोड्नका लागि भनेका थिए। तर उनले आलटाल गरी बसेका थिए । यसैबीच अचानक अविश्वासको प्रस्ताव पेश भएपछि खुलेरै बानियाँ र बहादुर आफ्नो पल्ला भारी बनाउन केन्द्रीय नेताहरूको छलफलमा व्यस्त छन्।

ADVERTISEMENT

२१ जना सांसदको हस्ताक्षर सहित हिजो बानियाँले बहादुरविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। तर त्यस लगत्तै बहादुर काठमाडौँमा केन्द्रीय नेताहरू संग छलफल गरी जसरी पनि आफ्नो सत्ता टिकाउन ब्रह्मास्त्र प्रयोग गरिरहेका छन्। यस अघि संसदीय दलमा बहादुरलाई सहयोग गरेका प्रदेशका मन्त्रीहरूले नै बहादुर विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि रनभुल्लमा परेका लामा अहिले कुनै पनि हालतमा मिलाउन लागि परेका छन्।

कार्यसम्पादनमा प्रश्न उठाउँदै चार जना मन्त्रीले हिजै राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि राति लामाले उनीहरु चारै जनालाई बर्खास्त गरेका थिए। बहादुर सिंह लामा कुनै पनि हालतमा आफू नै मुख्यमन्त्री कायम रहिरहन हिजो हस्ताक्षर गरेका सांसदहरुलाई आफ्नो पकडमा ल्याउन सबै अस्त्र प्रयोग गरिरहेको गोप्य स्रोतले बताएको छ। स्रोतका अनुसार हिजो अविश्वासको प्रस्ताव पेश गर्दा हस्ताक्षर गरेकै मध्यबाट चार जनालाई मन्त्री पद दिएर आफ्नो सत्ता टिकाउन बहादुर लागि परेका छन्।

ADVERTISEMENT

अर्कोतर्फ बानियाँ पनि बैठकमा अविश्वासको प्रस्ताव पास नभइन्जेल २१ जनाबाट सांसद घट्ने हो कि भन्ने तनावमा छन्। उनले हस्ताक्षर गरेका सांसदहरुलाई फकाइरहेका छन् ।
यहाँ ट्विस्ट त के भयो भने हिजो बहादुर विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद नै अहिले बेपत्ता भएका छन्। हिजो रातिसम्म बानियाँको सम्पर्कमा रहेका र हेटौंडाको एक होटलमा पार्टी गरेका सांसद अहिले सम्पर्कविहीन बनेको स्रोतको दाबी छ। उता मन्त्री पदबाट राजीनामा दिएर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका बिमल ठकुरीलाई सभापति देउवाको स्वकिय भानु देउवाले फोन गरेपछि रनभुल्लमा परेका छ्न । बानियाँ लाइनमा हस्ताक्षर गरेका ठकुरि नै कतापट्टी लाग्ने भन्नेमा धर्म संकटमा परेका छन् ।

यसो हुँदा बहादुरलाई सहयोग पुग्ने देखिएको छ। अर्कोतर्फ हिजो बहादुरले बर्खास्त गरेका मन्त्रीहरूको ठाउँमा हस्ताक्षर गरिएका मध्येबाट नै रोजेरै मन्त्रालय दिने गरी केन्द्रीय नेतासँग छलफलमा रहेका छन् मुख्यमन्त्री लामा।

उता आर्थिक मामिला तथा योजना मन्त्रालय समेतमा नयाँ मन्त्री पठाउने गरी तयारी भइरहेको स्रोतले बताएको छ। अहिले आर्थिक मन्त्रालय कांग्रेसकै कुन्दनराज काफ्लेले सम्हालिरहेका छन् । अहिले उनी एक कार्यक्रममाका लागि कोरियामा छन्। बहादुरको पद टिकाउनको लागि काफ्लेले अर्थ मन्त्रालय छोड्ने सम्मको कुरा बाहिरिएको छ। बानियाँलाई मुख्यमन्त्री नबनाउनको लागि र बहादुरलाई नै टिकाउनको लागि आर्थिक मामिला मन्त्री पद काफ्लेले छाड्न राजी भएको विशेष स्रोतको दाबी छ।

यसरी कांग्रेसले पाएको मन्त्रालयहरूमा हस्ताक्षर गरेका सांसदहरुलाई रोजेरै मन्त्रालय दिएर बहादुरले आफ्नो सत्ता टिकाउन नयाँ खेल खेलिरहेका छन् । त्यसो हुँदा  बानियाँलाई थप अप्ठ्यारो पर्ने अवस्था देखिएको छ। अर्कोतर्फ केन्द्रका प्रकाश शरण महत, प्रकाशमान सिंह लगायत निकटका बागमती प्रदेश सांसदहरुलाई बहादुरको पक्षमा बस्न र बानियाँलाई नसघाउन भनिएको स्रोतको दाबी छ। त्यसो त २१ जना हस्ताक्षर गरेका सांसद मध्ये केही सांसद बेपत्ता भइसकेका छन् भने हस्ताक्षर गरेकै मध्यबाट २ जना महिला र एकजना पुरुष सांसदलाई मन्त्री बनाएर आईतबार दिउँसो ३ बजेसम्ममा सपथ खुवाउने गरी अन्तिम तयारी भैरहेको बिस्वस्त स्रोतले बताएको छ ।

यसो हुँदा बहादुरको पल्लाभारी र र बानियाँको कम देखिने होकी भन्ने आंकलन गर्न सकिन्छ । केन्द्रीय नेता सँग विशेष छलफलमा रहेका बहादुरले आज राति नै वा भोलि बिहानसम्ममा नयाँ मन्त्री र मन्त्रालय दिने सहमति गरेर आफ्नो सत्ता टिकाउने अन्तिम तयारीमा जुटेका छन्। यदि त्यसो भयो भने बानियाँको नेतृत्वमा लगिएको अविश्वासको प्रस्ताव पारित हुने छैन र मुख्यमन्त्रीमा बहादुर सिंह लामा नै कायम रहिरहनेछन् ।

 

 


प्रकाशित मिति : शनिबार, २०८२ साउन १०, २२ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट