Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

देउवाले राजिनामा मागेपछी बागमतीका मुख्यमन्त्री लामा सम्पर्कविहीन


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा मागेका छन्।

ADVERTISEMENT

देउवाले राजीनामा मागेपछि मुख्यमन्त्री लामा सम्पर्कविहीन बनेका छन्। पारिवारिक वैदेशिक भ्रमणबाट आएपछि मुख्यमन्त्री पदका बारेमा सोच्ने केही दिन अगाडिको देउवा संगको भेटमा लामाले भनेका थिए । लामा अस्ति नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ उनले देउवापत्नी आर्जु राणा र सभापति देउवासँग भेट गरेका थिए।

ADVERTISEMENT

बुधबार देउवासँग भेट गरेका लामा आफ्नो राजीनामा माग भएपछि तनावमा परेको विशेष स्रोतले जनाएको छ। स्रोतका अनुसार देउवाले लामाको कुरै नसुनी राजीनामा माग गरेका थिए। उनको राजीनामा मागिएपछि तनावमा रहेका बागमतीका मुख्यमन्त्री लामा सम्पर्कविहीन भएका छन्।

बुधबार हेटौडामा विभिन्न कार्यक्रममा सहभागी जनाउने कार्यतालिका रहेपनि उनि हेटौडा आएका छैनन् भने, कसैको फोन समेत उठाएका छैनन्। बागमतीको बजेट पश्चात चौतर्फी आलोचना खेपेका लामालाई हटाउनुपर्ने भन्दै नेपाली कांग्रेस प्रदेश र केन्द्रमै बुलन्द रुपमा आवाज उठिरहेको छ। अर्कातर्फ उनी विरुद्ध अविश्वासको प्रस्ताव अघि सार्ने समेत तयारी भइरहेको छ।

ADVERTISEMENT

यतिबेला लामा पर्ख र हेरको अवस्थामा रहेका छन्। उनका नजिकका नेता मानिएका नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. प्रकाश शरण महत केही दिनका लागि वैदेशिक भ्रमणमा जाने कार्यक्रम भएकाले महत नेपाल नफर्किएसम्म लामाले राजीनामाको विषयमा आलटाल गरेर बस्न खोजेको गोप्य स्रोतको दाबी छ।

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामालाई राजीनामा दिन लगाएर अर्कै व्यक्ति संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने तयारी काङ्ग्रेसको केन्द्रदेखि प्रदेशसम्मका बलिया नेताको तयारी छ । अर्कोतर्फ मुख्यमन्त्रीमा बागमती प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने वा कांग्रेसकी सह महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ गुटको व्यक्तिलाई मुख्यमन्त्री दिने भन्ने विषयमा किचलो समेत भइरहेको छ ।

मुख्यमन्त्रीको पदका लागि बानियाँ बलियो दावेदारका रुपमा प्रस्तुत भएका छन् भने देउवाले बानियाँलाई ग्रीन सिग्नल दिईसकेको बताइएको छ । अर्कोतर्फ रामकृष्ण चित्रकार पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडानका साथ लबिङ गरिरहेका छन्।


प्रकाशित मिति : बुधबार, २०८२ साउन ७, २२ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट