हेटौंडामा सरकारी गाडीको दुरुपयोग, साझ परेपछी भट्टीमा भेटिन्छन् सरकारी सवारी

हेटौंडामा सरकारी सवारी साधनको अत्याधिक दुरुपयोग हुने गरेको छ । प्रदेशका मन्त्रालय सबै हेटौंडा बजार वरपर नै भएकाले पनि यसको संख्या थप वृद्धि भएको हो । सरकारी सवारी साधन उच्च पदस्थ कर्मचारीहरूको लागि उपलब्ध हुने गर्दछन् तर यसको दुरुपयोग अत्याधिक हुने गरेको पाइएको छ।
हेटौडाका विभिन्न रक्सी पसल होटल तथा रेस्टुरेन्टहरु हरुमा साँझ सरकारी गाडीहरु भेटिन्छन्। सरकारी सवारी साधनहरु चारपाङ्ग्रे होस् या दुई पांग्रे, कर्मचारीले दुरुपयोग गरी राति रक्सी जान, आउँन सरकारी सवारीको प्रयोग गर्ने गरेका छन्।
बिहिबार हेटौडा ८ कमाने स्थित एक होटल अगाडि बा २ झ १९७० नम्बरको सेतो नम्बर प्लेटको सरकारी गाडी ३ घण्टासम्म दुरुपयोग गरी राखिएको थियो। दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उक्त गाडीमा सवार कर्मचारीले होटलमा मादक पदार्थ सेवन गर्नका लागि प्रयोग गरेका हुन् । यो सवारी कुन कार्यालयको र कसले चलाउने गरेको हो भन्ने खुलेको छैन।
सरकारी सवारी साधनको चरम दुरुपयोग गर्दै भट्टी आउँदा सरकारी गाडी नै लिएर आउने गर्दछन् यहाँका कर्मचारीहरू । सरकारी नम्बर प्लेटको सवारी कार्यालय समयमा र कार्यालयको काम काजको रुपमा प्रयोग गर्न सरकारी कर्मचारीलाई प्रदान गरिएको हुन्छ । उक्त सवारी कार्यालय समय भन्दा बाहेक वा सार्वजनिक बिदाको दिन प्रयोग गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ । ति सवारी तोकिएको प्रयोजनमा बाहेक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइँदैन । तर हेटौंडामा कर्मचारीहरु मादक पदार्थ सेवन गर्नका लागि सरकारी सवारी प्रयोग गर्ने गरेका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया