Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडाको अनमोल स्विट्सले बेच्छ गन्हाएको मिठाई


हेटौंडामा रहेको अनमोल स्विट्सले अखाद्य वस्तु बेच्ने गरेको फेला परेको छ। अनमोल स्विट्सबाट लगेको मिठाइमा अखाद्य वस्तु फेला परेको भन्दै ग्राहकले गुनासो गरेका छन्। शनिबार बिहान अनमोलबाट रसबरी लगेको तर खान लाग्दा गन्हाएकाले एक ग्राहकले उक्त मिठाई फिर्ता गरेका थिए। मिठाई गन्हाएका भन्दै ती ग्राहकले पैसा फिर्ता मागेर लगेका छन्। अनमोल स्विट्सका कर्मचारीले पनि मिठाई गनाएको स्वीकार गराएका छन्।

ADVERTISEMENT

विभिन्न ठाउँमा शाखा रहेको अनमोल स्विट्सले हेटौंडामा लामो समयदेखि व्यवसाय चलाइरहेको छ। तर बारम्बार अखाद्य वस्तु फेला पर्दा समेत नियामक निकायले कारबाही गर्न सकेको छैन।

ADVERTISEMENT

यसअघि पनि प्रशासनले अनमोललाई अखाद्य वस्तु बेचेको सरसफाईमा ध्यान नदिएको भन्दै चेतावनी दिएको थियो। प्रशासनको निर्देशनलाई समेत अटेर गर्दै अनमोलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको छ। मापदण्ड बाहिर गई उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको अनमोल स्विट्सलाई प्रशासनले कारबाही गर्नुपर्ने उपभोक्तले माग गरेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८२ असार १४, १५ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट