विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

सामाजिक अभियन्ता विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालत हेटौंडा इजलासले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शकुन्तला घिमिरेको इजलासले महतलाई पक्राउ नगर्न विपक्षीहरुको नाममा आदेश जारी गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै भएको आक्रमणको विषयलाई जोडेर महतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको जानकारी आएपछि महतले निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पुगेका थिए ।
निवेदनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी उपरीक्षक विश्वराज खड्का तथा वडा प्रहरी कार्यालयलाई विपक्षी बनाइएको थियो । सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीहरुलाई आदेश जारी नुहुनु पर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।
रिट निवेदकको तर्फबाट अधिवक्ताहरु मनप्रसाद भट्टराई, एक नारायण शर्मा, शिवप्रसाद बञ्जारा, केशवप्रसाद गौतम, पुष्कबहादुर थापा क्षेत्री, अरुण खतिवडा, राधाकृष्ण मैनाली, शान्तिमाया मुक्तान र सुवास अधिकारीले बहस गरेका थिए ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया