Techie IT
Hetauda Khabar

हेटौंडा १ का वडाध्यक्ष न्यौपानेमाथि आक्रमण, मोसो प्रहार


हेटौंडा उपमहानगरपालिका  १ का वडाध्यक्ष सबिन न्यौपानेमाथि मोसो प्रहार भएको छ । बुधबार दिउँसो कार्यालय स्थित कार्यकक्षमै रहेका न्यौपानेलाई केही सङ्ख्यामा आएका युवाहरुले मोसो प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, डिएसपी श्यामु अर्यालले पुष्टि गरे ।

अध्यक्ष न्यौपानेलाई केहीदिन यता हेटौंडा १ जरुवा टोलमा रहेको सार्वजनिक जग्गा विवादमा भएको सुकुम्बासी आन्दोलन दावाउन खोजेको आरोप लागेको थियो ।

मोसो कसले प्रहार गरेको खुल्न सकेको छैन । मोसो प्रहार गर्नेलाई खोजिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट