Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा बजारमा विषादीयुक्त आँप खुलेआम बिक्री, स्थानीय प्रशासन बेखबर


हेटौंडाको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको छ ।

ADVERTISEMENT

हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबैजसो आँपमा विषादी हालेर ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको हुन्छ । जुन मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालको हुने चिकित्सकहरु बताउँछन् । तरपनि अनुगमन नहुँदा र नियामक निकायले चासो नदिंदा उपभोक्ताले विषादीयुक्त आँप खाइरहेका छन् ।

ADVERTISEMENT

नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य गरी बजारमा आउने गर्छ । सिजनको सुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका व्यापारीहरुले दुई सातायता भने पूर्वका जिल्लाबाट काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइड हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् । व्यापारीहरूले प्रतिकेजी ४०र५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइड प्रयोग गरेर १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

चिकित्सकका अनुसार विषादी हालेर पकाइएका आँपले क्यान्सर रोग पनि निम्त्याउन सक्छ । विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नसासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने चिकित्सकको भनाई छ ।

ADVERTISEMENT

अत्यधिक विषादी प्रयोग गरिएका आँप रोक्न सीमामा सामान्य क्वारेन्टाइन चेकजाँच समेत गरिएको छैन । जबकि नेपाल सरकारले क्याल्सियम कार्बाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ । यस प्रति यहाँको स्थानीय सरकार बेखबर छ । न उपभोक्ता अधिकारबादी भन्नेहरु बोलेका छन् । न जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ, न खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यसप्रति ध्यान दिएको छ ।

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरी ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर व्यापारीहरुले कार्बाइड विषादी राखेर पकाएका आँप खुलेआम रुपमा बिक्री गरिरहँदा पनि स्थानीय सबै प्रशासन मौन छन् ।


प्रकाशित मिति : आइतवार, २०८२ जेष्ठ २५, १२ :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट