विपदको नाममा हेटौंडा उपमहानगरपालिकाको गैरकानूनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई

विपदको नाममा हेटौंडा उपमहानगरपालिले नदिजन्य सामाग्रीको उत्खनन् गरी ठेकेदारलाई दिएको पाईएको छ ।
उपमहानगरपालिकाले खहरे तथा खोला उत्खनन् कार्यमा बदमासी भएको पाइएको हो । ठेक्का मार्फत खोला खहरे उत्खनन् गर्ने अनुमति दिएको ठेकेदारलाई विपद व्यवस्थापन अन्तर्गत हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटेबाट २६ हजार घन मिटर उत्खनन् तथा बिक्री गर्ने गरी उत्खनन् गरिरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्रि वितरण गरी विपदको नाममा बितण्डा गर्दै बदामासी गरेको हो । जिल्ला विपद व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको निर्णय अनुसार हाल हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पोइन्ट बनाई उत्खनन् कार्य भैरहेको छ ।
यसैक्रममा उपमहानगरपालिकाले विपत बाहेक अन्य क्षेत्रमा ठेक्का मार्फत खोला उत्खनन् गरिरहेको छ । हेटौंडा-१६ मा पर्ने घ्याम्पेसहित आसपासका खहरे खोलामा ४६ हजार घनमिटर नदिजन्य सामाग्री उत्खनन् गर्ने गरी ठेक्का लगाएको थियो तर, वडाका स्थानीयवासी, वडा कार्यालय र पर्सा राष्ट्रिय निकुन्जले उत्खनन् गर्न नदिएपछी उक्त ठाउँमा उत्खनन् कार्य अघि बढ्न सकेको थिएन । निकुन्जले उक्त क्षेत्रमा जम्मा १४ हजार घनमिटर भन्दा उत्खनन् गर्न नदिने बताएपछी उपमहानगरपालिकाले बाकी अपुग घनमिटरको नदिजन्य सामाग्री विपतबाट उत्खनन् गरी ठेकेदारलाई दिने भनि सोधभर्ना गरिएको पाइएको छ ।
विपद व्यवस्थापनको बैठकले निर्णय गरी गरिएको उत्खनन् क्षेत्रको पदार्थ उपमहानगरपालिकाले घाटगद्धी गरी निश्चित ठाउँमा जम्मा पारी ठेक्का खुलाएर बिक्रि गर्ने प्रावधान छ तर, निकुन्ज क्षेत्रको उत्खनन् गर्न नपाएपछी उपमहानगरपालिकाले विपत तर्फकै सामाग्री ठेकेदारलाई दिने सहमती गरेको छ । जुन कानुन विपरित छ ।
यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यपालिकाको बैठकले नै निर्णय गरेर ठेक्का लगाइएको स्थानबाट नपुगेको सामग्री विपत तर्फबाट भराइदिने निर्णय भएको बताए । कार्यपालिका बैठक भने अन्तिम पटक गत जेठ १३ गते मंगलबार बसेको थियो । यस विषयमा प्रमुख गौतमले सोझै झुट बोलेका छन् भने उपमहानगरपालिकाले नियम विपरित विपद तर्फको नदिजन्य सामाग्री सोझै ठेकेदारलाई दिने भएको छ ।
करिव ३२ हजार घनमिटर नदिजन्य पदार्थ कानुन विपरित उपमहानगरपालिकाले ठेकेदारलाई दिने सहमति गरेको छ । घ्याम्पेबाट उत्खनन् गर्न निकुन्जले नदिएपछी उपमहानगरपालिकाले विपद तर्फबाट उत्खनन् गरिरहेको हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटे क्षेत्रको सामाग्री ठेकेदारलाई दिन लागेको हो । कानुन विपरित यसरी विपदको नाममा प्राकृतिक दोहन गरी सोझै ठेकेदारलाई बेच्दा समेत सम्बन्धित नियामक निकायले यस तर्फ ध्यान दिएको छैन ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया