Techie IT
Hetauda Khabar

हेटौंडामा रहेका प्रदेश मन्त्रालयमा सर्वसाधारणलाई ‘नो इन्ट्री’


हेटौंडामा रहेका बागमती प्रदेशका मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश रोक लगाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना माग्न आउने सर्वसाधारणलाई भेटघाटमा रोक लगाएको हो । मन्त्रालयको मूल गेटमै ब्यानर टाँगेर अर्को सूचना नभएसम्मको लागि सर्वासाधारणको लागि भेटघाट बन्द गरिएको व्यहोरा अनुरोध छ लेखिएको छ ।

योजना लिएर मन्त्रालयको गेटमा पुगेका सर्वसधारणलाई सोधपुछ गरेर मात्रै भित्र प्रवेश दिइएको छ ।

मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले बजेट निर्माण धमाधम भइरहेकोले भिडभाडका कारण सर्वसाधारणको भेटघाट बन्द गरिएको जानकारी दिए ।

त्यस्तै बागमतीको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पनि यस्तै सूचना टाँस गरिएको छ । सर्वसाधारणको भौतिक पूर्वाधारसँग सम्बन्धित धेरै योजना हुने भएकाले भिड लाग्ने गरेको छ । मन्त्रालयहरुको सूचनाले सिन्धुपाल्चोक, दोलखा, धादिङ, रसुवा, रामेछापलगायतका विकट जिल्लाहरुबाट आएका सर्वसाधारणलाई निराश बनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट