Techie IT
Hetauda Khabar

हेटौंडा १६ मा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम


हेटौंडा उपमहानगरपालिका -१६ मा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम भएको छ ।

सोमबार हेटौंडा-१६ हटिया स्थित कृष्ण म्नादिरको सभाहलमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा न्यानो आँगन नेपालले उक्त कार्यक्रम आयोजना गरेको सस्थाकी अध्यक्ष मन्जु  फुयालले बताइन् ।

कार्यक्रममा सहजकर्ता विजयराज सिग्देलले आत्महत्या के हो, आत्महत्याका कारणहरू के के हुन्, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सहजीकरण गरेका थिए ।

हेटौडाको १६ नम्बर वडामा आत्महत्याका घटना बढिरहेकाले थप अप्रिय घटना नहोस भन्ने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको न्यानो आँगनकी अध्यक्ष फुयालले बताइन् । उनले आत्महत्याको संकेत किन देखा पर्छन्, समस्या के हाे भनेर पत्ता लगाई समाधानमा केन्द्रीत भई समयमा उचित सल्लाह,सुझाव र भरोसा दिलाउनुको साथै आर्थिक उन्नतिमा जोड दिने हो भने आत्महत्या न्यूनीकरण सम्भव रहेको भनाई राखिन् ।

कार्यक्रमका प्रमुख अथिति हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाअध्यक्ष एवं हेटौंडा उपमहानगरपालिका सामाजिक विकास समिती संयोजक रामकृष्ण कोइरालाले वडामा  विगतदेखि नै आत्महत्या न्यूनीकरण सम्बन्धी अभियान सञ्चालन गर्दै आइरहेको न्यानो आँगन नेपालले हेटौडाको १६ नम्बर वडालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्न सस्था संग सहकार्य गरी अघि बढ्ने उनले बताए ।

न्यानो आँगनकी अध्यक्ष फुयालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाअध्यक्ष राम कृष्ण कोइराला, विशिष्ट अतिथि वडा सदस्य संगिता कोईराला,  अतिथि चेतनशील दुध उत्पादक सहकारी हेटौंडा १७ का अध्यक्ष महेश ढकाल, लक्ष्मीनारायण टोल विकाश संस्थाका अध्यक्ष शिव गौतम, हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण पनेरु लगायत एक सय १ जनाको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट