यातायात बन्दको प्रभाव हेटौंडामा सामान्य, सवारी रोक्न खोजेपछी प्रहरीले ब्याक हटायो
संविधानविपरीत प्रदेश सरकारहरुले ऐन र नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायत चलाएका छैनन् ।
त्यसको प्रभाव सामान्य रुपमा हेटौंडामा पनि परेको छ । सार्वजनीक यातायत नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । हेटौंडाबाट चाल्ने लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधन चलेका छैनन् ।
हेटौंडामा म्याजिक, अटो ई रिक्साहरु चलेका छन् भने सार्वजनिक बस तथा ट्रक चलेका छैनन् । बिहान सवारीसाधन हेटौंडामा निर्वाद चलेका थिए सवारी चलेको देखिएपछी नारायणी यातायात व्यवसायी संघका पदाधिकारी नै सडकमा उपस्थित भई पर्चा बाड्दै सवारीसाधन रोक्न खोजेका थिए, तर प्रहरीले यातायात अवरुद्द पार्न नपाइने भनेपछि उनीहरु पछी हटेका थिए ।
जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार जिल्लामा यातायात क्षेत्र कतैपनि अवरुद्द छैन भने, केही व्यवसायीले आन्दोलनलाई समर्थन जनाउदै भाडाका सवारी चलाएका छैनन् ।
यातायत व्यवसायीका अनुसार सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी प्रदेश सरकारले ऐन ल्याएपछि सार्वजनिक यातायात जोगाउन आन्दोलन गर्नु परेको हो । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज हुनुपर्नेसहितका विभिन्न ७ वटा बुँदमा व्यवसायीहरुको माग छ ।
प्रकाशित मिति : सोमवार, २०८२ जेष्ठ १९, १० :४१ बजे


















प्रतिक्रिया