Techie IT
Hetauda Khabar

भोलिदेखि हेटौंडामा अटो तथा मयुरी समेत नचलाउन दिनभर माइकिङ


सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले हेटौंडाका अटो, ई रिक्सा तथा मयुरी लगायतलाई समेत घर तथा ग्यारेजमा थन्काएर विरोध जनाउनका लागि माइकिङ गरेको छ।

हेटौंडामा आज दिनभर संघर्ष समितिले अटो तथा ई रिक्सा समेतलाई आन्दोलनमा सहभागी जनाउन आह्वान गरेको हो। सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा हेटौंडाका सम्पूर्ण यातायात व्यवसायीहरुलाई सहभागी हुन सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले आह्वान गरेको छ।

प्रदेश सरकारहरूले ल्याइरहेको नियमावली संघीय ऐनसँग बाझिने किसिमको रहेको र सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने खतरामा पुगेको भन्दै यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले संविधान विपरीत गण्डकी प्रदेश सरकारले राइट सेयरिङ नियमावली ल्याएको र आफूलाई असर गर्ने गरी बागमती प्रदेश सरकारले ऐन जारी गरेको भन्दै त्यसको विरोधमा देशभरका यातायात ठप्प पार्ने चेतावनी यातायात व्यवसायीले दिएका छन्।

यसै अनुरुप हेटौंडामा पनि अटो तथा ई रिक्सा समेतलाई नचलाउन र घर तथा ग्यारेजमा थन्क्याउनका लागि उर्दी जारी गरिएको छ । आफ्नो पेसा व्यवसाय बचाउनका लागि आन्दोलन गरिएको र सरकारले आफ्नो माग सम्बोधन नगरे देशभरका यातायात ठप्प पारिरहने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट