Techie IT
Hetauda Khabar

हेटौंडा बचत सहकारीमा कानुन विपरित मेशिन खरिद, पदाधिकारीलाई लाखौँको इन्धन सुविधा, बचतकर्ताको रकम जोखिममा


हेटौंडा उपमहानगरपालिका ७ नागस्वतीमा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकममा सहकारी संचालक र व्यवस्थापन पक्षले चरम लापरवाही गरेको पाईएको छ । हेटौंडा बचतले हेटौंडा ७ नागस्वतिमा मुख्य कार्यालय र हेटौंडा ८ कमाने, हेटौंडा १६ हटिया र हेटौंडा २ संगम चोकमा सेवा कार्यालय राखेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३, वडा नम्बर १३ र वडा नम्बर १९ बाहेकका वडालाई कार्यक्षेत्र बनाएको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आन्तरिक रुपमा बचतकर्ताको बचत रकममा चरम अनियमितता गर्ने गरेको पाइएको हो । सहकारीले संस्थाको कार्यविधि, विनियम बेगरनै कानुन विपरित एटिएम् मेशिन खरिद गरेको छ । सहकारीले तिन बर्ष अघि नै गैरकानुनि रुपमा सहकारीको रकमबाट एटिएम् मेशिन खरिद गरेको हो ।

सहकारीको विनियम विपरित लाखौ मूल्य खर्च गरी एटिएम् मेसिन खरिद गरीएको मेशिन प्रयोगमा भने ल्याइएको छैन । खरिद गरिएको उक्त मेशिन संचालन गर्न राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । तर सहकारीले कुनैपनि निकायबाट स्वीकृति लिएको छैन  । बचतकर्ताको रकम मनोमानी ढंगबाट संचालक समितिले एटिएम् मेशिन खरिदमा खर्च गरेपछी समितिले आर्थिक हिनामिना गरेको भन्दै बचतकर्ताले गुनासो गरेका छन् ।

त्यस्तै सहकारीका संचालक समितिका पदाधिकारीले सस्थाको रकम फजुल खर्च गर्ने गरेको समेत पाइएको छ । पदाधिकारीले सवारीसाधन नै नचलाउने व्यक्तिसमेतलाई इन्धनको सुविधा भन्दै लाखौ रकम दिने गरेको पाइएको हो । सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेतले बार्षिक २ लाख ६० हजार बढीको इन्धन सुविधा लिने गरेका छन् भने कोषाध्यक्ष पार्वती ढकालले कुनै पनि सवारी साधन प्रयोग नगर्दा समेत ८४ हजार रुपैयाँ इन्धन सुविधा वापतको रकम लिने गरेको पाइएको छ ।

सहकारी संस्था समुदायमा आधारित भएर चलाउने कार्यविधिलाई वेवास्ता गर्दै संस्थाका व्यवस्थापन पक्षका केहि मुखियाहरुले हाली मुहाली गरेको भन्दै संस्थाका शेअर सदस्यले सहकारीको शेअर झिक्न थालेको थालेका छन् । संचालक समितिले आर्थिक अपचलन गरेपछी हेटौंडा बचत सहकारी डुब्ने खतरा देखिएको छ भने बचतकर्ताको रकम जोखिममा परेको छ ।

हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले कानुन, कार्यविधि र विनियम बिनानै संस्थाको एटिएम् राख्ने भन्दै बचतकर्ताको बचत रकम दुरुपयोग गरेका छन् । बचतकर्ताको रकमबाट तिन बर्ष अघि खरिद गरिएको मेसिन किन संचालन भएन ? सहकारी संस्थाका उपाध्यक्ष एवं एटिएम् मेसिन ब्यवस्थापन उपसमितिका संयोजक विजय बहादुर बस्नेत संग प्रतिक्रिया लिंदा उनि भन्छन, ‘संस्था भित्रको आन्तरिक ब्यवस्थापन कमजोर हुँदा संचालन गर्न सकिएन तयारी हुँदैछ’।

सहकारीको शनिबार बसेको बैठकमा समेत एटिएम मेसिन राख्ने बिषयमा चर्चा चलेको भए पनि कुन कार्यविधिलाई टेकेर राख्ने भन्ने विषयमा सहमति नभएको बैठकमा उपस्थित एक सदस्यले बताए । सस्थाका एक सदस्यका अनुसार एटिएम् मेसिन राख्ने बिषयमा कहिँ कतैबाट अनुमति प्राप्त भएको छैन।

यता हेटौंडा उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको सहकारी शाखाले भने एटिएम् राख्ने अधिकार राष्ट्र बैक अन्तर्गतको कार्यविधि अनुसार भएको कारण उपमहानगरपालिकाको कुनै अधिकार नहुने जनाएको छ ।

बचतकर्ताको बचत रकममा सहकारीका संचालक समितिले मनमौजी रकम दुरुपयोग गर्दै आर्थिक हिनामिना गरेपनि नियामक निकाय हेटौंडा उपमहानगरपालिकाले भने यस तर्फ ध्यान दिएको छैन। सहकारीको बचत रकमबाट गैरकानुनि रुपमा विविध सामग्री खरिद, पदाधिकारीहरुलाई अधिक सेवा सुविधा, अत्याधिक फजुल खर्च, विविध खर्च, मसलन्ध, अन्य खर्चलगायत उस्ता उस्तै शिर्षकमा सहकारीले लाखौँ रकम खर्च गर्ने गरेको छ । जसले गर्दा सहकारीका शेअर सदस्यको बचत जोखिममा परेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट