Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा जमिन मुनी भासिएको गाडीको भेटियो पाटपुर्जा


गत बैसाख १९ गते हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँमा अचानक जमिनमा भासिएको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बोलेरो गाडीको पाटपुर्जा फेला परेको छ ।

ADVERTISEMENT

अप्रत्यासित रुपमा गाडी गाढिए पछी केहिदिन अघि भूगर्भविदको टोली आएर अनुसन्धान समेत गरेको थियो । बिभिन्न निकायको पहलमा निरन्तर खोजि गर्दा समेत कुनै पत्तो नलागेको उक्त गाडी हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको पहलमा डोजर प्रयोग गरि खोजी गर्दा गाडीको केहि पार्ट पुर्जा भेटिएको हो  ।

ADVERTISEMENT

वडाध्यक्ष कोइरालाका अनुसार आफ्नो पहलमा गाडी खोजि कार्य अन्तिम चरणमा पुगेको छ । ।

खानि तथा भूगर्व विभागको टोलीले उक्त गाडी पत्ता लगाउन गरेको ५ दिनको प्रयास असफल भएपछी टोली माटो बोकेर फर्किएको थियो । भुगर्वको टोलिले समेत गाडी पत्ता लगाउन नसके पछी वडाध्यक्ष कोइराला आफै गाडी निकाल्न तम्सिएका थिए । आज अपरान्ह १२ बजेदेखि गाडी डुबेको स्थानमा आफै बसी कोइरालाले क्रेन र स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको खोज तलास कार्य सुरु गरेका थिए ।

ADVERTISEMENT

उक्त स्थानमा गाडीको खोजी गर्दा पाटपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८२ जेष्ठ ६, १८ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट