आँगनमा कुखुरा आएको निहुँमा भीमफेदीमा आफ्नै छोराले बुवालाई गोली हाने

मकवानपुरमा आफ्नै बुवालाई छोराले गोली हानी घाइते बनाएका छन् ।
बुधबार जिल्लाको भीमफेदी गाउँपालिका ९ अघोरमा ३५ वर्षीय इमान सिह थिङले आफ्नै बुवा ५९ वर्षीय कान्छाराम थिङलाई भरुवा बन्दुकले हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुवा छोरा छुट्टिएर बसेको तर आगन एउटै रहेकोमा कुखुरा आफ्नो आँगनमा आएको निहुँमा बुवा छोरोको विवाद भएपछी छोरोले बन्दुक हानेर बुवालाई घाइते बनाएको प्रहरीले जनाएको छ । छोरोले चलाएको बन्दुकको छर्रा लागि थिङको बाँया खुट्टाको तिख्रा र दाहिने हातमा चोट लागेको र उनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको हेटौंडामा उपचार भैरहेको छ ।
प्रहरीले घटनास्थलबाट बुवालाई बन्दुक हान्ने ३५ वर्षीय इमान सिह थिङलाई नियन्त्रणमा लिई लाईसेन्स नभएको एक नाले भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया