Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

पत्रकारमाथि गालीगलौज : मेयर लामाविरुद्ध उजुरी परे हुनसक्छ ३ वर्ष कैद र जरिवाना


आफुले गरेको गलत कार्यको विरोध भएपछी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा गालीगलौजमा उत्रिइन् । त्यसपछि उनको थप आलोचना भैरहेको छ ।

ADVERTISEMENT

आलोचना खप्न नसकेकी उनि पत्रकारमाथि नै जाइ लागेपछी उनको थप आलोचना भएको हो । न्युज २४ टेलिभिजनका पत्रकार बिरेन्द्र जैरुसंग एक कार्यक्रममा कुराकानी गर्ने क्रममा मेयर लामाले पत्रुकार भन्दै देश बिगार्ने पत्रकार हुन् भन्ने अभिव्यक्ति दिएकी छिन् । यद्दपी यस विषयमा पत्रकार सम्बद्ध संघ संगठनले मुख खोलेका छैनन् ।

ADVERTISEMENT

मेयर लामाले पत्रकारमाथि आक्रोस मात्र व्यक्त गरेकी होइनन्, उनले नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ विपरित उनले कसुर समेत गरेकी छन् । यो ऐनको दफा ३०५ को गाली बेइज्जती सम्बन्धी कसूरको उपदफा १ मा कसैले कसैलाई गाली गर्न हुँदैन भन्ने उल्लेख छ । त्यस्तै उपदफा २ मा उपदफा १ को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ भनेको छ । त्यस्तै ३ मा उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भन्ने उल्लेख छ । मेयर लामाले यस अन्तर्गतको कसुर गरेको देखिन्छ ।

त्यस्तै मिना लामाको अभिव्यक्तिविरुद्ध कसैले उजुरी गरे मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३०६ समेत आकर्षित हुने देखिन्छ । यो दफाको उपदफा १ मा भनिएको छ, कसैले कसैको बेइज्जती गर्न हुँदैन । त्यस्तै २ मा भनिएको छ उपदफा (१) को प्रयोजनको लागि अरुको इज्जतमा धक्का पुयाउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा बेइज्जती ठहरिने उल्लेख छ ।

ADVERTISEMENT

यसरी हेर्दा मेयर लामाले सम्पूर्ण पत्रकार जगतको बेइज्जती हुने अभिव्यक्ति दिएकी हुन् ।

कसैले गाली बेइज्जती गरेमा १० हजार जरिवाना र २ वर्ष कैद सजायको व्यवस्था पनि कानुनमै उल्लेख गरिएको छ ।

यसै ऐनको दफा ३०७ को बेइज्जती गरेमा हुने सजायको उपदफा १ मा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनिएको छ । तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ भनिएको छ ।

मेयर लामाको अभिव्यक्तिविरुद्ध कोही पत्रकार वा सम्बन्धित संघ संगठनले रित पुर्वक जाहेरी दिए र दोषी ठहरेमा मेयर लामालाई उक्त सजाय हुनसक्ने कानुनका जानकारहरु बताउछन् ।


प्रकाशित मिति : शुक्रबार, २०८२ बैशाख ५, २१ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट