Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा अस्पताल विवाद : पक्राउ परेका युवा हिरासत भित्रै अनसनमा


सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि एसपीको आदेश भन्दै हिरासतमा राखिएका युवा हिरासत भित्रै अनसन बसेका छन्।

ADVERTISEMENT

हेटौंडा अस्पतालको बोर्ड केरमेट घटनामा संलग्न भन्दै केहीबेर अघि हेटौडाका  छ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मिता अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सवा ५ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

सर्वपक्षीय भेला बसेर छलफल गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मार्फत अभद्र व्यवहार अन्तर्गत पाँच दिन म्यादथप गरेको  छ।

प्रहरी घरघर पुगेरै त्रसित बनाउन थालेको भन्दै बिहान १० बजे पुगेका छ जना युवालाई जिल्ला प्रहरी कार्यालयले छलफल गर्छौं भनि १० बजेदेखि ५ बजेसम्म बैठक कक्षमा होल्ड गराएर राखेको थियो। तर सवा ५ बजे जिल्ला प्रहरी प्रमुख एसपी विश्वराज खड्काले डिएसपी स्यामु अर्याललाई फोनमार्फत ६ जनालाई नै हिरासतमा राख्नु नछोड्नु भनेर आदेश दिएका थिए।

ADVERTISEMENT

प्रहरीले नियन्त्रण गरे लगत्तै हेटौडा अस्पताल बचाउ तथा सुधार अभियान संघर्ष समितिको अगुवाइमा हेटौंडामा केही बेर विरोध प्रदर्शन समेत भएको थियो।

अहिले प्रहरी हिरासतमा रहेका छ जना नै हिरासत कक्ष भित्रै अनसनमा बसेका छन् । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम नहुने भन्दै चरणबद्ध सांकेतिक विरोधमा उत्रिएका युवाहरु प्रहरीको हिरासत कक्षामै अनसन बसेका हुन् । ‘हामीले हिरासत भित्रै अनसन बसी विरोध जनाएका छौं, जति दिन हिरासतमा राखिन्छ त्यतिदीन नै अनसम जारी राख्छौं,’ हिरासतमा रहेका बिशाल राज महतले भने, ।

यता संघर्ष समितिले भोलिबाट थप आन्दोलन चर्काउने चेतावनी दिएको छ।


प्रकाशित मिति : बिहिबार, २०८२ बैशाख ४, २० :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट