Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मनहरीमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई जना घाईते


मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

आइतबार दिउँसो चट्याङ लागि मनहरी गाउँपालिका-५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङको मृत्यु भएको हो । मनहरी-५ डिल्लीपुर स्थित आफन्तको घरबाट आफ्नो घर जाँदै गरेका उनलाई बसन्तपुर स्थित राप्तीखोलाको किनारमा चट्याङ लागेको हो ।

ADVERTISEMENT

चट्याङ लागि उनका बुवा ५६ वर्षीय सिंह बहादुर थिङ र  उनका सानि आमाको छोरा १० वर्षीय सौगात गोले घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई स्थानीयले प्रहरी पुग्नुभन्दा पहिले नै उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८१ चैत्र ३१, १६ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट