हेटौंडाबाट गोली लोड भएको पेस्तोलसहित २ जना भारतीय पक्राउ
हेटौंडाबाट पेस्तोलसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार दिउँसो प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी चौकी हरियाली प्रहरी टोलीले हेटौंडा-१५ स्थित पूर्वपश्चिम राजमार्गको रातोमाटे चेकप्वाईन्टबाट हतियारसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गौरबाट चितवन तर्फ आउँदै गरेको ना ८ ख. ८७७३ नं. को भाडाको बसलाई विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारत बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने बर्ष २२ को धिरज कुमार र मोतीहारी जिल्ला बहरी ग्राम बस्ने बर्ष अ.२६ को दिपक कुमारलाई पक्राउ गरेको जनाएको छ ।
२ मध्ये धिरज कुमारको साथबाट १ राउण्ड गोली लोड भएको ९ एमएम अटो पेस्तोल र थप २ थान गोली भेटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमवार, २०८१ फाल्गुन १२, १६ :१४ बजे






















प्रतिक्रिया