Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडाको ‘ब्लेस्ड जोन डान्सबार’मा यौन धन्दा, बार भित्रै छ ‘सेक्रेट रुम’


हेटौंडामा रहेको डान्सबारहरूमा खुलेआम देह व्यापार हुने गरेको छ।

ADVERTISEMENT

रात्रिकालीन समयमा चल्ने डान्सबारहरूमा यौनधन्दाको कारोबार हुने गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बुद्धचोक छेउमा रहेको ब्लेस्ड जोन डान्सबार एण्ड रेस्टुरेन्टमा यौनधन्दा हुने गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले रातको १० बजेपछि यस्ता डान्सबार तथा दोहोरीहरू सञ्चालन गर्न रोक लगाए पनि प्रहरी प्रशासनकै मिलेमतोमा हेटौडामा खुलेआम देह व्यापार चल्ने गरेको हो।

ADVERTISEMENT

बुद्धचोकमा रहेको ब्लेस्ड जोन डान्सबारमा प्रहरीको आँखै अगाडि रातभर डान्सर खुल्ने गरेको छ। यो डान्सबारमा खुलेआम यौन कारोबार हुने गरेको छ। डान्सबार रहेको घरधनीले तथा वरपरका स्थानीयले पटकपटक अनुरोध गर्दा समेत प्रशासनको निर्णय अटेर गर्दै ब्लेस्ड जोन डान्सबार रातभर खुल्ने गरेको छ भने, यौन धन्दा चल्ने गरेको छ।

यो डान्सबारमा रातभर हल्ला हो हल्ला, झैझगडा तथा खुलेआम यौन कारोबार हुने गरेको छ।  बिहान ४ बजेसम्म चल्ने डान्सबारमा बारभित्रै यौन कारोबार हुने तथा देह व्यापार चल्ने गरेको छ । खुलेआम रातभर डान्सबार भित्र देह व्यापार चल्दा समेत प्रहरीले भने कुनै चासो दिदैन । प्रहरीले डान्सबारकै सुरक्षा दिए जसरी रातभर यो धन्दा देखे नदेखे झैँ गर्ने गरेको छ ।

ADVERTISEMENT

देह व्यापारसँगै डान्सबारले बारमा आउने ग्राहकलाई ठग्ने गरेको र बारमा पाउने पेय पदार्थको मूल्य तोकिएको मूल्यभन्दा ३ गुणा बढी मूल्य लिई बिक्री गर्ने, बिल नदिने र आएका ग्राहकलाई झुक्याएर बढी रकम लिने गरेको समेत पाइएको छ। त्यस्तै यो डान्सबारमा यौन क्रियाकलापका लागि छुट्टै कोठासमेतको व्यवस्था छ, जहाँ भित्रपस्नको लागि सेन्सरसमेत जडान गरिएको छ ।

डान्सबारमा खुलेआम देह व्यापार चल्दा स्थानीय प्रशासन भने मौन छ । अझ प्रहरीले त झन् यस्ता डान्सबारकै सुरक्षा गरे जसरी खुल्ला छाडिदिने गरेको छ ।


प्रकाशित मिति : बुधबार, २०८१ माघ ३०, १८ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट