Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार

हेटौंडाको एक्सपर्ट भिजन कन्सल्टेन्सीको अबैध धन्दा, तत्काल अनुगमन गरी कारवाही गर्ने तयारी


हेटौंडामा रहेको एक्सपर्ट भिजन कन्सल्टेन्सी गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको छ। अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीले विद्यार्थीहरूलाई ठग्ने गरेकोसमेत पाइएको हो।

ADVERTISEMENT

कुनै पनि निकायमा दर्ता नै नगरी कन्सल्टेन्सीले अवैध कारोबार गर्ने गरेको पाइएको छ। काठमाडौँको शाखा भन्दै अवैध रुपमा यस कन्सल्टेन्सीले रकम असुल्दै आइरहेको छ। हेटौडा उपमहानगरपालिका ४ स्कुल रोडमा रहेकोयस कन्सल्टेन्सीले सरकारी कुनै पनि निकायबाट सञ्चालन स्वीकृति लिएको छैन।

ADVERTISEMENT

यस कन्सल्टेन्सी सामाजिक विकास मन्त्रालयमा समेत दर्ता प्रक्रियामै नगई कक्षा सञ्चालन गरिरहेको छ भने, विद्यार्थीबाट मोटो रकम असुल्दै आइरहेको छ। साथै यस कन्सल्टेन्सीले विद्यार्थीको पासपोर्ट नै कन्सल्टेन्सीमा राखी मेनपावरको समेत काम गर्दै आइरहेको खुलेको छ ।

विभिन्न पूर्व तयारी कक्षा भाषा शिक्षा र परामर्शको काम गर्ने यस कन्सल्टेन्सीले असम्बन्धित व्यक्तिबाट कक्षा सञ्चालन गर्दै आइरहेको छ भने परामर्शका लागि गलत व्यक्तिबाट परामर्शको काम गर्दै आइरहेको छ। यस कन्सल्टेन्सीमा रहेका परामर्शदाता कुनै पनि निकायबाट तालिम प्राप्त नभएको र विभिन्न भाषाशिक्षा पढाउने व्यक्ति पनि अयोग्य रहेको भेटिएको छ ।

ADVERTISEMENT

सरकारको आँखा छलेर विद्यार्थी र अभिभावकलाई झुक्याई यस कन्सल्टेन्सीले शिक्षाको नाममा गैरकानुनी रुपमा असुली धन्दा चलाइरहेको छ । यस कन्सल्टेन्सीले बिनादर्ता संस्था सञ्चालन गर्दा सयौं विद्यार्थीको भविष्य नै अन्योलमा पारिरहेको छ।

कन्सल्टेन्सी सञ्चालकहरूका अनुसार सम्बन्धित निकायबाट अनुमति नलिई संस्था सञ्चालन भइरहेको छ। यस कन्सल्टेन्सीले सरकारी निकायमाथि नै चुनौती दिँदै आफ्नो संस्थाको लागि सेटिङमा मन्त्रालयको दर्ता र अनुमतिपत्र लिने समेत बताएको छ। केही दिनमै मन्त्रालयका कर्मचारीमलाई नै मिलाएर आफूहरूले स्वीकृतिपत्र लिने चाजोपाँचो मिलाएको सञ्चालकले बताएका छन्।

आयल्स लगायतका भाषा शिक्षा पढाउँदै आइरहेको यस कन्सल्टेन्सीले विभिन्न आधादर्शनभन्दा बढी मुलुकका लागि वैदेशिक यात्राको प्रलोभन देखाएर सस्तोमा विद्यार्थीहरूलाई राम्रो युनिभर्सिटीमा पठाइदिने भन्दै परामर्शको काम समेत गरिरहेको छ। आफै अवैध रुपमा सञ्चालित सस्थाले गलत परामर्श गर्दै विद्यार्थीमा भ्रम छर्दै आइरहेको छ भने अभिभावक र विद्यार्थीहरुलाई ठगिरहेको छ ।जसले गर्दा विद्यार्थीहरु को भविष्य नै अन्योलमा पर्ने निश्चित छ ।

अनुगमन गरी कारबाहीको तयारी

उता सामाजिक विकास मन्त्रालयले भने यस कन्सल्टेन्सी दर्ता प्रक्रियामै नआएको र हालसम्म यो कन्सल्टेन्सी अवैध रुपमा सञ्चालनमा रहेको बताएको छ। तत्कालै यस कन्सल्टेन्सीको अनुगमन गरी कारबाहीको दायरामा ल्याउने मन्त्रालयको शैक्षिक परामर्श महाशाखाका प्रमुख रुद्र शर्माले बताए।

शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका अनुसार मन्त्रालयको स्वीकृति विना शैक्षिक परामर्श सेवा, भाषा शिक्षण सेवा र पूर्वतयारी कक्षा संचालन गर्नु गैरकानुनी कार्य हो । शैक्षिक परामर्श व्यवसाय खास व्यवसाय हो । यो व्यवसाय संचालन गर्नका लागि शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा वा प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । दर्ता प्रक्रियामा समेत नरहेको यो कम्पनीले गैरकानूनी रुपमा नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, जर्मनी, आयरल्याण्ड, न्युजिल्याण्ड जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने, विभिन्न खालका पूर्वतयारी कक्षाहरु संचालन गर्ने, भिसा प्रोसेसिङ, डकुमेन्टेशन गर्ने गरेको छ ।

कन्सल्टेन्सी क्षेत्रमा विकृतिका रुपमा फैलिएको यो धन्दाले धेरैको जीवन बर्दाद बनाइदिएको छ । राम्रो एकेडेमिक भएको एउटाको श्रीमतिलाई पैसावाला अर्काको श्रीमान् मिलाइदिएर नक्कली विवाह गर्दै विदेश पठाउने धन्दा उनीहरुले चलाइरहेका हुन्छन् । आफ्नो कम्पनीबाट आमन्त्रणा पठाएर मोटो रकम लिई भिजिट भिसामा विदेश पुर्याएर भगाउने काम पनि कन्सल्टेन्सीहरुबाट भइरहेका छन् ।

अनुमति नभएका शैक्षिक परामर्श संस्थाहरुबाट भिसा एप्लाई गर्दा विद्यार्थी ठगीने खतरा हुन्छ । उनीहरुले पैसा कमाउनका लागि विद्यार्थीलाई जस्तोसुकै प्रलोभन देखाउन सक्छन् । लामो समय यस क्षेत्रमा काम गर्ने योजना नरहेका, छिटोछिटो पैसा कमाएर पलायन हुनेहरुले यसलाई ठगीको माध्ययम बनाउँछन् । उनीहरु सत प्रतिशत भिसा ग्यारेन्टी, सस्तो ट्युसन फिमा राम्रो विश्वविद्यालयको अप्सन, राम्रो छात्रवृत्तिको अवसर, पैसा नहुनेलाई डिपेण्डेन्ट मिलाइदिने लगायतका प्रलोभन देखाउँदै विद्यार्थी आक्रषण गर्ने गर्छन् ।

कन्सल्टेन्सीको कुरा सुनेर मख्ख परेका विद्यार्थीले कन्सल्टेन्सीकै सल्लाहमा भिसा एप्लाई हुन्छ । तर विदेश पुगेपछि कन्सल्टेन्सीले भनेजस्तो हुँदैन र ठगीएको महसुस गर्छ । विद्यार्थी ठगीएको महसुस गर्दा विद्यार्थीको विकल्प हुँदैन । किनभने मन्त्रालयको स्वीकृति नभएको कम्पनीबारे कहाँ गएर गुनासो गर्ने, कहाँ उजुरी गर्ने, विकल्प नभएपछि आत्महत्या गर्नेसम्म जोखिम उठाएका घटनाहरु देख्न पाइन्छ ।

अर्को तर्फ मन्त्रालयको स्वीकृति नभएका कम्पनीहरुले मन्त्रालयमा हरेक बर्ष प्रगति विवरण बुझाउनु पर्छ, भिसा लागेका विद्यार्थीको अध्यावधी गर्नुपर्छ, उजुरी परेको खण्डमा मन्त्रालयले कारवाही प्रक्रिया अगाडि बढाउँछ । तर दर्ता नभएका शैक्षिक कन्सल्टेन्सीलाई कहाँ उजुरी गर्ने ? मन्त्रालयमा उजुरी गर्दा मन्त्रालयले चिन्दैनौँ भन्छ, प्रहरी कहाँ गयो भने वैदेशिक रोजगार पठाइदिन्छ, विभागले शिक्षाको विषयमा आफ्नो कार्यक्षेत्र होइन भनेर पन्छिने गरेको पाइन्छ ।


प्रकाशित मिति : मङ्लबार, २०८१ माघ २९, १२ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट