Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडामा छ्याप्छ्याप्ती छन् अबैध कन्सल्टेन्सी, प्रशासनले किन गर्दैन अनुगमन ?


हेटौंडामा गैरकानुनि रुपमा संचालित इन्स्टिच्युट तथा कन्सल्टेन्सी छ्याप्छ्याप्ती छन् ।

ADVERTISEMENT

विभिन्न पुर्व तयारि कक्षा, भाषा कक्षा तथा शैक्षिक परामर्श केन्द्रको रुपमा काम गर्ने यस्ता सस्था अबैधानिक रुपमा संचालन गरि विद्यार्थी ठगिरहेका छन् ।

ADVERTISEMENT

कुनै पनि भाषा शिक्षा पढाउनको लागि तथा काउन्सलिङका लागि संस्था प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता हुनुपर्छ। त्यस्तै हेटौंडा उपमहानगरपालिकाका पनि दर्ता गर्नु पर्छ । मन्त्रालयमा १ लाख धरौटी बुझाएर सम्बन्धित सम्पूर्ण मापदण्ड पूरा गरेपछि मात्र मन्त्रालयले त्यस्ता कन्सल्टेन्सीहरुलाई अनुमति दिने गर्दछ तर, हेटौडामा रहेका अधिकांश यस्ता कन्सल्टेन्सीहरू बिना दर्ता सञ्चालित छन् । सुरुमा दर्ता अनुमति लिएका पनि नवीकरण नभई कानुन विपरीत सञ्चालनमा रहेको भेटिएको छ ।

विभिन्न शैक्षिक परामर्श सम्बन्धी कार्य गर्ने यस्ता कन्सल्टेन्सी २०७२ सालमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ता गर्ने गर्दथ्यो। हाल बागमती प्रदेश सरकारले छुट्टै कानुन बनाएर दर्ता प्रक्रियामा ल्याउने मापदण्ड तयार पारेको छ भने, २०८१-०८२ का लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि नवीकरण गर्ने गरेको छ ।

ADVERTISEMENT

सामाजिक विकास मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषाशिक्षण निर्देशिका २०७९ जारी गर्दै सोही आधारमा प्रदेश स्तरमा शैक्षिक परामर्श संस्थाहरू दर्ता प्रक्रियामा जानुपर्ने हुन्छ भने, यहाँको स्थानीय सरकारले जारी गरेको हेटौंडा शिक्षा ऐन २०७४ अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरी संचालन अनुमति लिएपछी मात्र सस्था संचालन गर्न पाइने प्रावधान छ । तर यहाँका कन्सल्टेन्सीहरू कम्पनी रजिस्टार अन्तर्गत दर्ता भएको र अडिट रिपोर्ट लिई त्यसैको आधारमा अन्य कुनै पनि निकायमा दर्ता नभई संस्था सञ्चालन गरिरहेका छन् ।

अहिले हेटौडामा रहेका अधिकांश यस्ता कन्सल्टेन्सीहरूलाई सम्बन्धित निकायले अनुगमन गर्न सकेको छैन। उनीहरुमाथि अनुगमन तथा नियमन गर्न नसक्दा ठगीका घटना पनि बढ्दै गइरहेको छ। शैक्षिक परामर्शका लागि खोलिएका हेटौडाका संस्थाहरु कामदार पठाउने धन्दामा समेत लागेको भेटिएको छ। कन्सल्टेन्सीहरुले नक्कली प्रमाणपत्र राख्ने नक्कली विवाह लगायतका कागजहरु बनाएर विदेश पठाउने र विद्यार्थीलाई अलपत्र पार्ने जस्ता घटनामा संलग्न रहेको समेत पाइएको छ ।

केहिवर्ष पहिले यस्ता अबैध सस्थाका विषयमा संचारमाध्यममा समाचार आएपछी स्थानीय प्रशासनले अनुगमन गरी कारबाहीको दायरामा ल्याएको थियो । हाल विदेश  र काठमाडौंको शाखा भन्दै अबैध रुपमा दर्जन बढी कन्सल्टेन्सीले गैरकानुनि रुपमा सस्था संचालन गर्दै विद्यार्थीबाट चर्को शुल्क असुलिरहेका छन् भने बैदेशिक यात्राको प्रलोभनमा पारी विद्यार्थीको भविस्यनै अन्यौलमा पार्ने गरेका छन् ।

तर यस्ता अबैध रुपमा संचालित यहाँका कन्सल्टेन्सीलाई न हेटौंडा उपमहानगरपालिकाले अनुगमन गर्ने गरेको छ न त सामाजिक विकास मन्त्रालयले नै चासो दिएको छ । उता जिल्ला प्रशासन कार्यालयले पनि यसबारे कुनैपनि अनुगमन गर्ने गरेको छैन।

आफ्नै कार्यालयको एक किलोमिटर आसपास सयौंका संख्यामा अबैध सस्था संचालन भैरहदा र विद्यार्थी ठगिरहदासमेत नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुरले खासै चासो दिन सकेको छैन । आफ्नो क्षेत्राधिकार भित्र पर्ने कामसमेत प्रशासनले चासोका साथ् नहेर्दा शिक्षाका नाममा खुलेआम ठगिधन्दा चलाउनेको मनोबल बढ्दै गएकोले पनि शिक्षा क्षेत्रमा यस्था बेथिति मौलाएको जानकारहरु बताउछन् ।

हेटौंडाको स्कुलरोड,पारिजात पथ, कान्तिराजपथलगायतका क्षेत्रमा घरै पिच्छे कन्सल्टेन्सी खोली अबैधरुपमा सस्था संचालन गरी विद्यार्थीलाई प्रलोभनमा पारी गैरकानुनी काम गर्दै आइरहेका छन् तर जिल्ला प्रशासन कार्यालय भने चुपचाप हेरेर बसेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८१ माघ २२, १७ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट