Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

नवोदयद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई पुस्तक सहयोग


हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई पुस्तक वितरण गरेको छ । शुक्रबार नवोदय पुस्तकालयमा रहेको १ हजार पुस्तक सेवा गुठीलाई सहयोग गरेको पुस्तकालय शिक्षिका अन्जिता मिश्रले जानकारी दिनुभयो ।

ADVERTISEMENT

२०४९ सालमा स्याङ्जा जिल्लाबाट ५० जना विद्यार्थीसहित स्थापना भएको गैर नाफामूलक संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले छोरीहरुलाई ग्राहयता दिएर पढाइरहेको भन्ने जानकारी पायौँ ।’ पुस्तकालय शिक्षिका मिश्रले भन्नुभयो –‘नवोदय विद्यालयले पनि बाह्य पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्यले संस्थालाई सहयोग गरेका हौँ ।’
संस्थाले अहिलेसम्म १८ जिल्लामा १३००० छोरी विद्यार्थीका लागि काम गरिरहेको छ । मकवानपुरमा भने १८०० विद्यार्थीहरुलाई पढाइरहेको छ । जोखिमबाट कसरी सुरक्षित राख्ने तथा आफूलाई साक्षरता बनाउने उद्देश्यले स्थापना भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी मकवानपुरका कार्यक्रम संयोजक तजबीज गर्तौला, रामेछापका संयोजक उमेश नेपाल, विद्यालयका माध्यमिक शैक्षिक संयोजक सिएम रिमाल, प्रशासनिक प्रमुख सरदराज पाण्डे लगायतको रोहबरमा हस्ताक्षर गरी पुस्तक हस्तान्तरण गरिएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८१ माघ १३, १२ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट