Techie IT
  • १४ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • १४ चैत्र २०८२, शनिबार

हेटौंडाका डान्सबार र दोहोरीसाँझमा खुलमखुल्ला हुन्छ देह ब्यापार


हेटौडामा खुलेआम देह व्यापार सञ्चालन हुने गरेको पाइएको छ।

ADVERTISEMENT

यहाँ सञ्चालित होटल, दोहोरी साँझ, डान्सबार तथा इस्पाहरूमा खुलेआम देह व्यापार चल्ने गरेको पाइएको छ । विशेषगरी रातिको समय मात्र सञ्चालनमा आउने डान्सबार तथा दोहोरी साँझहरूमा देह व्यापार चल्ने गरेको हो।

ADVERTISEMENT

हेटौडा उपमहानगरपालिका १० स्थित दोहोरी साँझहरूमा र यहाँका डान्सबारहरूमा देह व्यापार हुने गरेको हो। १५ वर्ष उमेर समूह देखि माथिका युवतीहरू राखी दोहोरी साँझ, डान्सबार तथा होटल सञ्चालकहरुले देह व्यापार सञ्चालन गर्ने गरेका छन्। हेटौडामा डान्सबार तथा दोहोरी साँझ राति १० बजे पछाडि बन्द गर्नुपर्ने जिल्ला प्रशासनको आदेश र निर्णय विपरीत यहाँका डान्सबार तथा दोहोरी साँझहरू बिहान ४ बजेसम्म सञ्चालन हुने गरेका छन्।

डान्सबार तथा दोहोरी साँझहरूमा मनोरञ्जनको नाममा खुलेआम युवतीहरूको प्रयोग गरी देह व्यापार सञ्चालन हुने गरेको पाइएको छ। यस्तै हेटौडा १० बसपार्कमा रहेका केही होटल तथा लजहरूले पनि युवतीहरूलाई देह व्यापारमा लगाउने गरेका छन्। आफू जीविकोपार्जनका लागि हेटौडा बजारमा आएर दोहोरी साँझमा काम गरेको तर यहाँ देह व्यापारमा लाग्नुपर्ने बाध्यता भोग्नुपरेको एक युवतीले बताइन्।

ADVERTISEMENT

त्यस्तै हेटौडा ४ मा रहेको एक डान्स बारमा काम गर्ने युवतीले समेत उस्तै गुनासो सुनाइन्। भनेको नमाने हाकिमले तलब नदिने र जागिरबाटै निकाल्ने धम्की समेत दिने गरेको उनीहरूको गुनासो छ।

हेटौंडा १० बसपार्कमा आर आर एस दोहोरीलगायतका दोहोरी साझ रहेका छन् भने हेटौंडाको कर्रामा लेवल अप, मेनरोडमा ओजन डान्सबार लगायतका डान्सबारहरु रहेका छन् ।

हेटौंडामा खुलेआम देह व्यापार चलिरहँदा स्थानीय प्रशासन भने मौन बस्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयको ५०० मिटर आसपासमै रहेको दोहोरी साँझ तथा डान्सबारहरूमा खुलेआम देह व्यापार भइरहँदा प्रहरीले भने होटल तथा डान्सबार सञ्चालकहरुलाई नै सहयोग गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ।

यहाँका डान्सबार तथा दोहोरी साँझहरू रातभर सञ्चालन हुँदा स्थानीयलाई समेत सधै तनाव हुने गरेको स्थानीयहरू बताउँछन् । रातभर होहल्ला गर्ने, झगडा गर्ने र अनैतिक क्रियाकलप हुने गरेकाले स्थानिय वासीलाई समेत असर पुगेको हेटौंडा १० का एक स्थानीयले गुनासो गरे ।

उता जिल्ला प्रशासन कार्यालयले भने यस विषयमा तत्काल अनुगमन गरी कारबाही गरिने बताएका छन्। प्रमुख जिल्ला अधिकरी तीर्थराज चिलुवालले यस विषयमा अनुसन्धान गर्ने र तत्काल कारबाहीको दायरामा ल्याउने बताएका छन्।


प्रकाशित मिति : बिहिबार, २०८१ माघ १०, २० :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट