सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो
सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सार दर घटाएका कारण नेपाली बजारमा सुनको मूल्य घटेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।
उनी भन्छन्, ‘सरकारले बजेट मार्फत लगाएको भन्सार दर घटायो । सोही अनुसार सुनको मूल्य समायोजन गरिएको हो ।’ सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमवार, २०८१ मंसिर १०, ११ :३० बजे






















प्रतिक्रिया