Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द


वीपी राजमार्गमा आज राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सवारी साधन बन्द हुने भएको छ।

ADVERTISEMENT

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार एक सूचना जारी गर्दै राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म डाइभर्सन मर्मत भइरहेको जनाउँदै राति सात घण्टा सडक बन्द गरिने जनाएको हो।

ADVERTISEMENT

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ। अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राति गाडी नचलाउन आग्रह गरिएको हो।

यसैबीच, गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायीरूपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ। सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो।

ADVERTISEMENT

सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायीरूपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको बताए। असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन्।


प्रकाशित मिति : बिहिबार, २०८१ मंसिर ६, १३ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट