Techie IT
Hetauda Khabar

हेटौंडाको क्याम्पाडाडा जग्गा अतिक्रमण- सामान सार्न सिडिओले दिए एकदिनको समय


हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाडा स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमण गरेर बसेकालाई सामान सार्नका लागि एकदिनको समय दिइएको छ ।

केन्द्रले आजबाट अतिक्रमित संरचना भत्काउने बताएको थियो । पटक-पटक अनुरोध गर्दासमेत अटेर गरेपछी जिल्ला प्रशासन, प्रहरी र वडा कार्यालयको समन्वयमा आजबाट अतिक्रमित संरचना खालि गर्न एक्साभेटर पुगेपनि स्थानीयले आफ्ना सामान हटाउनको लागि समय दिन अनुरोध गरेपछी प्रमुख जिल्ला अधिकारीले भोलि सम्मको समय दिएका हुन् ।

अतिक्रमण गरिएको स्थानमै पुगेका प्रजिअ सूर्य प्रसाद सेडाईले सामान सार्नको लागि एकदिनको समय दिइएको बताए । उनका अनुसार भोलिबाट संरचना भत्काउने काम सुरु हुनेछ ।

२०४४ सालमा स्थापना भएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडा ४७.०९ हेक्टर क्षेत्रफ़लमा रहेको भए पनि केन्द्रको जग्गा अतिक्रमण गरी घर-टहरा निर्माण  गरिएको थियो । केन्द्र हेटौडाले पटक पटक सूचना निकालेर केन्द्रको नाममा रहेको जग्गामा बनाएका घर टहरा हटाउन निर्देशन दिए पनि स्थानीयले अटेर गर्दै आइरहेका थिए ।

केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएको घर-टहरा हटाउन पटक-पटक छलफल भए पनि जग्गा अतिक्रमण गर्ने स्थानीयले अदालतमा मुद्धा दायर गरेका थिए ।  प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले १६ भाद्र २०८०  मा आफ्नो नाममा रहेको जग्गा ३५ दिन भित्र खालि गर्न सूचना प्रकाशन गरेपछी स्थानीयले उच्च अदालत पाटन-हेटौडा इजलासमा अन्तरिम आदेश गरि पाउ भनि रिट दायर गरेका थिए । निबेदक हरुलाई उच्च अदालतले १२ असोज २०८०  मा अन्तरिम आदेशसमेत दिएको थियो ।

पुनः उच्च अदालत हेटौडा इजलासले गत २१ फागुनमा निबेदकहरुको नाममा गरेको आदेश निस्क्रिय भएको जानकारी गराएको थियो । अन्तरिम आदेश निस्क्रिय भएपछी प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले अतिक्रमित जग्गा खालि गर्न बाटो खुलेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट