Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा


विराटनगर, ७ चैत ।  मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्।

ADVERTISEMENT

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए।

ADVERTISEMENT

दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको दाहालले बताए।

ADVERTISEMENT

घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो। उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको दाहालले बताए।

हत्याको कारण भने खुलिसकेको छैन। गीताको शवको मुचुल्का उठाउने काम भइरहेको छ। बमबहादुरको शव कोशी अस्पतालमा राखिएको छ।

दाहालका अनुसार बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए। उनीहरूका ८ वर्षीय एक जना छोरा छन्।

बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए। तर, उनी भने भागेर बाँचेका थिए।

‘कोठामा बुवाले आमालाई दाउ प्रहार गरेपछि आफूलाई पनि प्रहार गर्न खोज्दा भागेर जोगिएको बालकले बताएका छन्,’ दाहालले भने। बालकलाई चोटपटक लाग्न नपाएको दाहालले बताए।

मृतक दुबै स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए। श्रमान्-श्रीमतीबीच दिनहुँजसो झगडा भइरहने गरेको प्रहरीले जनाएको छ। झगडा श्रीमानले श्रीमतीलाई बढी शंका गर्ने गरेका थिए।


प्रकाशित मिति : बुधबार, २०८० चैत्र ७, १५ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट