Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ


काठमाडौं, २१ फागुन । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।

ADVERTISEMENT

अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन् ।

ADVERTISEMENT

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका लेखकले जानकारी गराए । ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ,’ उनले भने ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० फाल्गुन २१, १३ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट