Techie IT
Hetauda Khabar

पैसा बाँडेको आरोप लागेका दिपक निरौलाको चुनौती- आरोप पुष्टि गर्नुस्, सप्रमाण आउनुस्


पैसा बाँडेको आरोप लागेका एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ (ख) का उमेदवार दीपक निरौलाले आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

‘म क्यान्सर रोग बाट लामो समय देखि बिरामि तोक्मान लामा संग कुरा कानि गरि रहदा अनाबस्यक कुरा निकालि समाज आतडकित पार्ने कार्यनगरेको राम्रो हुन्छ। म राजनैतिक प्राणि हु गैर राजनैतिक काम मेरो आदर्श हैन। मेरो चुनौति छ मित्रहरु आरोप पुस्टी गर्नुस बरामद केहि छ भने सप्रमाण आउनुस।’

शुक्रबार राति पैसा बाँडेको आरोप लागेपछि उनीसहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । निरालाले भने आफू क्यान्सर रोगबाट पीडित तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाइएको दाबी गरेका छन् ।

निरौलासहित बुढानीलकण्ठ नगरपालिका ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ भने स्थानीयले निरौला र इश्वर पोखरेलको उम्मेदवारी खारेज गर्नुपर्ने भन्दै प्रहरी परिसर अगाडी नारावाजी गरिरहेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट