Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

भेलुबाजेलाई २ हजार दिएको हाे/हाेइन भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण


निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई पुन:  स्पष्टीकरण सोधेको छ । प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका  थापालाई आयोगले पुन:  स्पष्टीकरण सोधेको हो ।

ADVERTISEMENT

सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको विषयमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको हो ।

ADVERTISEMENT

निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो?’ स्पष्टीकरणमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार निर्देशन दिइएको छ ।’

प्यूठानमा थापाको चुनावी प्रचारमा सहभागी भएका बुढाले आफूलाई प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए । उनको भनाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ मंसिर २, २० :०३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट