Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको आरोप


काठमाडौं, ९ फागुन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन्।

ADVERTISEMENT

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन्।

ADVERTISEMENT

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन्।

ADVERTISEMENT

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गरेका छन्। आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए।

‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भने।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए। खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बताए।

‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भने।


प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन ९, १६ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट