Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

पाल्पा जीप दुर्घटना : मृतक सबै १० जनाको सनाखत


पाल्पा, २ फागुन । पाल्पाको तिनाउँ गाउँपालिका–६ मस्याममा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सबै १० जनाको सनाखत भएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल, ६० वर्षीय चुना रणपाल, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसी रहेका प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

आठजनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

मंगलबार साँझ डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन २, १४ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट