Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

किन भएन यो बर्ष हिउँदे बर्षा ? के भन्छन् मौसमविद् ?


यस वर्षको हिउँदे याम सकिन अब दुई हप्ता मात्र बाँकी छ। मौमसदवीद्हरूका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ। यी तीन महिनामा वर्षभरिमा सबैभन्दा बढी चिसो हुन्छ। यो याममा सामान्यता कम्तीमा एक पटक हिउँदे वर्षा हुने गर्छ।

ADVERTISEMENT

तर यस वर्ष काठमाडौँ लगायत देशभरि निकै कम हिउँदे वर्षा भयो। काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

ADVERTISEMENT

‘यस वर्ष काठमाडौं लगायत देशभरि जति मात्रामा हिउँदे वर्षा हुनु पर्थ्यो। यो सरदर वर्षा भन्दा कम  हो। पर्याप्त होइन’ वरिष्ठ मौसमविद् राजु प्रधानानागंले भने। उनका अनुसार यस वर्षको हिउँदे याममा वर्षा गराउने प्रणाली जसरी सक्रिय हुनु पर्थ्यो, त्यस रुपमा सक्रिय भएन। सोही कारण काठमाडौं लगायत देशभरि हिउँदे वर्षा पर्याप्त भएन। महाशाखाका अनुसार यस वर्ष काठमाडौँमा फेब्रुअरी २ तारेखमा जिरो दशमलव जिरो ५ मिलिमिटर तथा फेब्रेवरी ५मा फाट्टफुट्ट वर्षा भएको छ।

हिउँदे याम सकिन बाँकी रहेका अबको दुई हप्तामा हिउँदे वर्षा हुन्छ कि हुँदैन भन्नेमा अझै केही टुंगो नभएको मौसमविद्हरूको भनाइ छ।

ADVERTISEMENT

प्रधनाङ्ग भन्छन्, ‘हिउँदे याम सकिन अझै दुई हप्ता बाँकी छन्। दुई हप्ताको अवधिमा वर्षा हुन्छ कि हुँदैन भनेर अहिले नै भन्न सकिन्न।’

मौसवीद्हरूका अनुसार यस वर्ष  चिसो पोहर सालको तुलनामा २०/२१ दिन पर सरेको छ। पोहर साल सबै भन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबै भन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८मा मापन गरिएको छ। जनवरी २८ मा यस वर्ष चिसो २ दशमलव १ डिग्री पुगेको थियो। पोहरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा बायु मण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको उनको भनाइ छ।

हिउँदे याममा वर्षा नहुँदा प्रदूषण अत्यधिक बढ्ने वातावरणविद्हरू बताउँछन्। मौसमविद्का अनुसार चिसो याममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्।-नागरिक दैनिकबाट साभार


प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन २, १४ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट