Techie IT
Hetauda Khabar

संसदलाई छेड्खानीको थलो नबनाउँ : रवि लामिछाने


काठमाडौं, २४ माघ । रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गरेका हुन् । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् ।

विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट