Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार


काठमाडौं, १६ माघ । ठगी आरोपमा पक्राउ परेका एक युवाले डेढ वर्षमै १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार गरेको पाइएको छ।

ADVERTISEMENT

सप्तरीको राजविराज नगरपालिका–१० डुम्रीका २६ वर्षीय डम्बर साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हफ।

ADVERTISEMENT

अनलाइन ठगीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गरेका थिए। साहले आफैंले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेअरमा रकम पठाउन लगाउने गरेका थिए।

उनीविरुद्ध ३४ जनाले प्रहरीमा उजुरी दिएका छन्। साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

 


प्रकाशित मिति : मङ्लबार, २०८० माघ १६, १८ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट