Techie IT
Hetauda Khabar

एमाले अध्यक्ष र चिनियाँ बिदेश उपमन्त्री बिच भेटबार्ता


काठमाडौं, १३ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छलफल भएको छ ।

उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग प्रमुख राजन भट्टराइलगायतकाे उपस्थिति रहेकाे थियाे ।

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट