Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

राष्ट्रिय सभा सदस्य निर्वाचन : एमाले र राप्रपाबीच तालमेल


राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् ।

ADVERTISEMENT

दुई पार्टीका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो । छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए ।

ADVERTISEMENT

उनका अनुसार एमालेका मतदाताले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले एमालेका उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि मतदान हुँदैछ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० माघ ९, १३ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट