Techie IT
Hetauda Khabar

सहकारी पिडीतहरुको पैसा सरकारले तिर्नुपर्छः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुर्गा प्रसाईँकै पारामा सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पीडितहरुसंग भेट गरेका हुन् । सभापति लामिछानेले आफु टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफु रहेको बताए ।

उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएकाले टेलिभिजन संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताए ।

उनले चितवनका सहकारी पीडितको मात्र सवाल नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिबेदन तयार पारेको जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट