Techie IT
  • २४ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • २४ फागुन २०८२, आईतबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - हेटौंडा खबर फाइनल अपडेट
LIVE
निर्वाचन अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
गणना हुँदै...
लोड हुँदै...
hetaudakhabar.com
मकवानपुर क्षेत्र नम्बर २ (पूर्ण नतिजा)
नतिजा सम्पन्न
लोड हुँदै...
hetaudakhabar.com
🔑

Admin Login

गठबन्धनका सबै उम्मेदवार मन्त्री बन्ने हैसियतका छन्- पराजुली


गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले मकवानपुरमा गठबन्धनका उम्मेदवार सबै प्रदेशको मन्त्री, मुख्यमन्त्री र केन्द्रीय मन्त्रीसम्म बन्ने हैसियतको भएकोले जिताएर जिल्लाको मुहार फेर्न अनुरोध गरेका छन् ।

ADVERTISEMENT

हेटौंडा १० को चुनावीसभामा उनले भने, ‘यसपटक तपाईंहरुले महालक्ष्मी उपाध्याय डिनालाई जिताउनुभयो भने केन्द्रको मन्त्री पक्कापक्की छ । जिल्लाकै सहज पहुँचमा भएको महिला नेतृ मन्त्री हुँदा यहाँको विकासमा धेरै काम गर्न सक्छौं’, उनले भने, ‘२ नम्बर क्षेत्रका उम्मेदवार विरोध खतिवडा निवर्तमान मन्त्री, २ को ‘क’ का उम्मेदवार कुमारी मोक्तान प्रदेशको बहालवाला मन्त्री हुनुहुन्छ ।

ADVERTISEMENT

२ को ‘क’ का उम्मेदवार कांग्रेस प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नसक्ने हैसियतको हुनुहुन्छ । गठबन्धनलाई जिताउँदा फाइदै फाइदा छ ।’ गठबन्धन र यसमा आबद्ध दलको बीचमा कुनै समस्या नरहेको र जनताले समेत गठबन्धनप्रति विश्वास गरेकोले मकवानपुरका ६ वटै उम्मेदवारले चुनाव जित्ने उनको दावी थियो । कुनै एजेण्डा नपाएर विरोधीले जनतालाई भ्रममा पार्ने अनेक दुस्प्रयास गरिरहेको पराजुलीको भनाई छ ।

प्रचार समिति वडाका संयोजक युवराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुर संयोजक सर्केस घलान, नेकपा एसका केन्द्रीय सदस्य मधु अधिकारी, नेकपा एसका १० नम्बर वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, माओवादी केन्द्रका वडा ईन्चार्ज ज्ञानेन्द्रबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ कार्तिक २१, २० :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट