Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

मेलम्ची उद्घाटनप्रति बालेनको व्यंग्य : एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको कार्यक्रमप्रति व्यंग्य गरेका छन्। एउटै आयोजनाको एउटै काम पटकपटक गरेर राजनीतिक स्टन्ट मात्र गरेको बालेनको टिप्पणी छ।

ADVERTISEMENT

सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले मेलम्ची आयोजनाको प्राविधिक जोखिको आकलन र समाधान नगरी राजनीतिक स्टन्टकै लागि मात्र काठमाडौं ल्याउने र उद्घाटन गरेर झुक्याइएको भन्दै आक्रोश पोखेका छन् ।

ADVERTISEMENT

‘प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो’ बालेनले लेखेका छन् ।

२०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौ झार्ने कीर्तिमानका लागि उदघाटन गरेको तर प्राविधिक पक्षलाई बेवास्ता गरेको भन्दै बालेनले त्यसपछि पनि उद्घाटनको सिलसिला नै चलेको टिप्पणी गरे ।

ADVERTISEMENT

अहिले पनि मेलम्ची खानेपानीको मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा रहेको र त्यो झरेर कुनै पनि बेला मुहान थुनिन सक्ने बालेनले उल्लेख गरेका छन् । ‘बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत लाग्न सक्छ’, उनले भनेका छन् ।

हिउँदमा पनि लेदो नथिग्राइ सिधै डाइभर्सन क्यानलबाट पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समय पानी आपूर्ति बन्द हुन सक्ने बालेनले बताएका छन् । ‘यसका लागि नयाँ इन्टेक खोलाको माथितिर राम्ररी स्टडी गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना सुरूङभित्रै बनाउन उचित हुन्छ’, बालेनले सुझाव दिएका छन् ।


प्रकाशित मिति : सोमवार, २०८० माघ १, १५ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट