Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज


सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

ADVERTISEMENT

पार्टीको विधान संशोधनबारे छलफलका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुने भएको हो ।

ADVERTISEMENT

पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ । उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा आजदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुने जनाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० पुस २८, ०९ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट