Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

दुर्घटनामा परेर वडाध्यक्षको मृत्यु


कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त–६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए ।

ADVERTISEMENT

भीमदत्त नगरप्रमुख पदम बोगटीले पनि उनको मृत्यु भएको बताए । ‘प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ,’ उनले भने ।

बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका वडाध्यक्ष खड्का त्यसपछि दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० पुस २६, ११ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट