Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि


नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आज (बिहीबार)देखि सुरु हुँदैछ। कैलालीको टीकापुरमा हुने पुस २८ गतेसम्म चल्नेछ।

ADVERTISEMENT

महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने बताइएको छ। महाधिवेशनमा देशभरबाट १ लाख ५० हजार नागरिकको सहभागिता रहने पार्टीले जनाएको छ। महाधिवेशन ८ हजार प्रतिनिधि रहने पार्टीले जनाएको छ।

ADVERTISEMENT

पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्। अधिवेशनको बिहीबार दिउँसो उद्घाटन हुने र बिहीबार नै रातिदेखि बन्द सत्र सुरु हुने छ।

अधिवेशन व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ। उद्घाटन कार्यक्रममा सहभागी हुन आउने पार्टीका नेता कार्यकर्ता र पाहुनाहरू टीकापुर पुग्ने क्रम जारी रहेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीले जानकारी दिए।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० पुस २६, ११ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट