Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

अदालतको जेल सजाय सुनाएपनी ४ महिना पक्राउ पर्दैनन सन्दिप : किन ?


हेटौंडा । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बुधबार ८ वर्ष जेल सजाय सुनाइसकेको छ। हाल थुनाबाहिर रहेका उनी अब कहिले पक्राउ पर्छन् र जेल जान्छन्रु यतिबेला धेरैलाई यो जिज्ञासा लागिरहेको हुनसक्छ।

ADVERTISEMENT

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जेल सजाय तोकिए पनि सन्दीप तत्काल पक्राउ पर्दैनन्।

ADVERTISEMENT

उनका अनुसार सन्दीपलाई अझै कम्तीमा ४ महिना पक्राउ गर्न मिल्दैन।‘जिल्ला अदालतले फैसलाको पूर्णपाठ तयार पारेपछि सन्दीपले पुनरावेदन गर्न ७० दिनको म्याद पाउँछन्’, सूचना अधिकारी पन्थीले भने, ‘यस अवधिभित्र पुनरावेदन गरेनन् भने थप ३० दिन पाउँछन्।’

उनका अनुसार फैसलाको पूर्ण पाठ तयार पार्न अदालतलाई २१ दिन लाग्छ। अर्थात् सन्दीपले २१ दिनपछि फैसलाको पूर्ण पाठ पाउँछन्। त्यही दिनदेखि गन्ती गरेर उनले सय दिन पुनरावेदनका लागि समय पाउँछन्। यस हिसाबले त्यो २१ र यो १०० दिन गर्दा उनले अझै १२१ दिन अर्थात् ४ महिना समय पाउँछन्

ADVERTISEMENT

त्यसपछि पनि सन्दीपले थुनाबाहिरै पुनरावेदन गरिपाऊँ भनेर निवेदन दिन पाउने कानुनी व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को २ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले थुनाबाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउँछ।तर यस्तो अनुमति दिने कि नदिने भन्ने विषयमा पुनरावेदन दर्ता गर्ने उच्च अदालतका का रजिस्ट्रारले निर्णय गर्नुपर्छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले सन्दीपलाई यही पुस १३ गते दोषी ठहर गरेको थियो। तर सजाय तोकिएको थिएन।बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो। गौशाला २६ ९पीडित० ले सन्दीपविरुद्ध २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।


प्रकाशित मिति : बिहिबार, २०८० पुस २६, १० :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट