Techie IT
Hetauda Khabar

सन्दीप लामिछानेलाई ८ वर्ष कैद


क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन अदालतले फैसला गरेको छ ।

आजकाे फैसलामा भनिएको छ, ‘परिवर्तित नाम गौशाला ६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पिडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङं बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम रु। ३ लाख जरिवाना हुने तथा पिडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु। ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट